Saturday, February 14, 2015

: नेपालका चार खेल घरेलु मैदानमै

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप : नेपालका चार खेल घरेलु मैदानमै काठमाडाैं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको खेल तालिका शनिबार सार्वजनिक गरिएको छ। आइसीसी शनिबार सार्वजनिक गरेको तालिकामा नेपालले चारवटा खेल घरेलु मैदानमा खेल्ने भएको छ । च्याम्पियनसिपको खेलमा नेपालले स्कटल्याण्डको सामान गर्ने भएको छ । नेपालले स्कटल्यान्डविरुद्दको पहिलो, पवुवान्युगिनीविरुद्दको दोस्रो र नामिबियाविरुद्दको तेस्रो खेल घरेलु मैदानमा खेल्न पाउने भएको हो । त्यसैगरी केन्यासँगको पाँचाै खेल पनि नेपालले घरेलु मैदानमा खेल्ने भएको छ । यी तीनवटा खेलमध्ये पहिलो खेल अप्रिल या जुनमा हुने भएको छ । त्यसैगरी दोस्रो खेल अगस्टदेखि नोभेम्बरको कुनै मितिमा हुनेछ । त्यसैगरी तेस्रो खेल २०१६ फ्रेबु्रअरीदेखि जुनमा हुने बताइएको छ । नेपालले च्याम्पियन्सिपको चौथो खेल भने नेदरल्यान्ड्ससँग उसैको घरेलु मैदानमा खेल्नुपर्ने तालिका सार्वजनिक गरिएको छ । नेदरल्यान्ड्स विरुद्दको खेल २०१६ को अगस्टदेखि नोभेम्बरसम्मा हुने बताइएको छ । च्याम्पियन्सिपको पाँचौ खेलमा नेपालले २०१७ को फ्रेबुअरीदेखि जुनसम्ममा घरेलु मैदानमै नेपालले केन्यासँग खेल्ने छ । छैटौं खेलमा नेपाल सन् २०१७ को जुलाईदेखि नोभेम्बरसम्ममा हङकङसँग उसकै घरेलु मैदानमा भिड्ने छ भने सातौं खेलमा नेपाल युएईसँग भिड्ने छ । सन् २०१७ डिसेम्बरसम्ममा हुने च्याम्पियन्सिपको सातौं चरणको खेल भने सबै देशले एउटै स्थनामा खेल्ने छन् । सातौं चरणमा खेलिसकेपछि शीर्ष देशहरुलार्इ सन् २०१८ को विश्वकप छनोट चरण खेल्न दिइने छ । नामिवियामा सम्पन्न डिभिजन २ क्रिकेटबाट डिभिजन १ मा उक्लन असफल नेपाल र केन्यालार्इ आइसीसीले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न दिने निर्णय गरेको थियो।

Thursday, February 12, 2015

बाँदर लखेट्ने वृद्धको प्रहरी हिरासतमा बास २०७१ माघ २९ बिहीवार राजविराज : खेतबारीको गहुँ खान आएको बाँदरलाई बन्दुकसहित लखेट्ने क्रममा एक वृद्धलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । सप्तरीको कञ्चनपुर नपा–८ रुपनगरका ६१ वर्षीय वृद्धले अन्नबाली खाइदिएर दुःख दिने बाँदर खेद्दा प्रहरी हिरासतमा पुग्नुपरेको हो । कञ्चनपुर–८ रुपनगरस्थित सुन्दरी टोलका ६१ वर्षीय ती वृद्ध एक थान भरुवा बन्दुकसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । बाँदर लखेटिरहेका बेला गस्ती टोलीले बन्दुकसहित वृद्धलाई पक्राउ गरेको प्रहरी निरीक्षक उमेश लम्सालले बताए । ‘पहिला–पहिला मानिस देख्नेबित्तिकै भाग्ने बाँदर झुण्डमा आउने गरेकाले धपाउन भरुवा बन्दुक पड्काउने गरेको थिएँ’, प्रहरी हिरासतमा रहेका अलीले भने । सप्तरीको उत्ततरवर्ती गाउँमा एकैसाथ पस्ने गरेका बाँदरको झुन्डले खेतबारीमा लगाइएका अन्नपात र बाली खाइदिएर सखाप पार्ने गरेका छन् । बाँदर खेद्दा समातिएका अलीलाई हातहतियार तथा खरखजाना ऐनबमोजिम मुद्दा दर्ता गर्न अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको प्रहरी निरीक्षक लम्सालले बताए ।