Saturday, February 14, 2015

: नेपालका चार खेल घरेलु मैदानमै

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप : नेपालका चार खेल घरेलु मैदानमै काठमाडाैं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको खेल तालिका शनिबार सार्वजनिक गरिएको छ। आइसीसी शनिबार सार्वजनिक गरेको तालिकामा नेपालले चारवटा खेल घरेलु मैदानमा खेल्ने भएको छ । च्याम्पियनसिपको खेलमा नेपालले स्कटल्याण्डको सामान गर्ने भएको छ । नेपालले स्कटल्यान्डविरुद्दको पहिलो, पवुवान्युगिनीविरुद्दको दोस्रो र नामिबियाविरुद्दको तेस्रो खेल घरेलु मैदानमा खेल्न पाउने भएको हो । त्यसैगरी केन्यासँगको पाँचाै खेल पनि नेपालले घरेलु मैदानमा खेल्ने भएको छ । यी तीनवटा खेलमध्ये पहिलो खेल अप्रिल या जुनमा हुने भएको छ । त्यसैगरी दोस्रो खेल अगस्टदेखि नोभेम्बरको कुनै मितिमा हुनेछ । त्यसैगरी तेस्रो खेल २०१६ फ्रेबु्रअरीदेखि जुनमा हुने बताइएको छ । नेपालले च्याम्पियन्सिपको चौथो खेल भने नेदरल्यान्ड्ससँग उसैको घरेलु मैदानमा खेल्नुपर्ने तालिका सार्वजनिक गरिएको छ । नेदरल्यान्ड्स विरुद्दको खेल २०१६ को अगस्टदेखि नोभेम्बरसम्मा हुने बताइएको छ । च्याम्पियन्सिपको पाँचौ खेलमा नेपालले २०१७ को फ्रेबुअरीदेखि जुनसम्ममा घरेलु मैदानमै नेपालले केन्यासँग खेल्ने छ । छैटौं खेलमा नेपाल सन् २०१७ को जुलाईदेखि नोभेम्बरसम्ममा हङकङसँग उसकै घरेलु मैदानमा भिड्ने छ भने सातौं खेलमा नेपाल युएईसँग भिड्ने छ । सन् २०१७ डिसेम्बरसम्ममा हुने च्याम्पियन्सिपको सातौं चरणको खेल भने सबै देशले एउटै स्थनामा खेल्ने छन् । सातौं चरणमा खेलिसकेपछि शीर्ष देशहरुलार्इ सन् २०१८ को विश्वकप छनोट चरण खेल्न दिइने छ । नामिवियामा सम्पन्न डिभिजन २ क्रिकेटबाट डिभिजन १ मा उक्लन असफल नेपाल र केन्यालार्इ आइसीसीले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न दिने निर्णय गरेको थियो।

No comments:

Post a Comment